JIN0TkF.gif
JINuGe4.gif

महिला टी–२० शृङ्खलामा नेपालले आज कुवेतसँग खेल्दै

चितवन –  मलेसियामा चलिरहेको चार देशीय महिला टी–२० शृङ्खलामा नेपालले आज कुवेतसँग खेल्दैछ । यो खेल नेपाली समय अनुसार बिहान पौने १२ बजे वायोमास ओभलमा शुुरु हुनेछ । नेपालले शृङ्खलाको पहिलो खेलमा हिजो हङकङलाई हराउँदै विजयी शुरुवात गरेको छ । तेस्रो खेलमा नेपालले पर्सि शुक्रवार आयोजक मलेसियासँग खेल्नेछ । यो शृङ्खलामा नेपालसहित घरेलु टोली मलेसिया, कुवेत र हङकङ रहेका छन् ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

राउन्ड रोबिन आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।फाइनल खेल शनिवार हुनेछ । थप दुई टोलीबीच तेस्रो स्थानका लागि पनि शनिवार नै प्रतिस्पर्धा हुनेछ ।यसपछि नेपाली टोलीले आईसीसी विश्वकप एसिया छनोट खेल्नेछ । अगष्ट ३१ देखि सेप्टेम्बर ९ तारिखसम्म मलेसियामा हुने एसिया क्षेत्र छनोटमा नेपालको समूह रहेको ‘ए’ मा युएई, कतार, मलेसिया, भुटान र बहराइन छन् । समूह ‘बी’ मा चीन, हङकङ, कुवेत, म्यानमार र थाईल्यान्ड छन् ।एसिया छनोट अघि थाईल्यान्डसँग नेपालले अभ्यास खेल खेल्नेछ ।नेपाल र थाईल्यान्डबीचको अभ्यास खेल अगष्ट २८ मा हुने नेपाल क्रिकेट संघ ९क्यान० ले जनाएको छ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000