JIN0TkF.gif
JINuGe4.gif

महानगरबाट शैक्षिक छात्रवृत्ति पाएकाले कुनै शुल्क तिर्नु नपर्ने

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाबाट कक्षा ११ र १२ मा यस शैक्षिक सत्रका लागि अध्ययन छात्रवृत्तिका लागि सिफारिस भएका विद्यार्थीले सम्बन्धित विद्यालय तथा क्याम्पसमा कुनै पनि प्रकारको शुल्क तिर्नु नपर्ने जनाएकोे छ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

कतिपय शिक्षालयमा आन्तरिक, प्रयोगशाला र विविध शीर्षकका नाममा शुल्क लिएको तथा ठाउँ अभाव कारण देखाएर भर्ना लिन आनाकानी गरेको गुनासो आएको भन्दै महानगरपालिकाको शिक्षा विभागले छात्रवृत्तिका लागि सिफारिस भएका विद्यार्थीले कुनै पनि शुल्क तिर्नु नपर्ने जनाएको हो ।

विभागले गएको १ गते पत्र पठाइ कक्षा ११ र १२ सञ्चालन गरिरहेका निजी विद्यालयका सञ्चालकलाई बोलाइ कुनै छात्रवृत्तिमा सिफारिस भएका विद्यार्थीलाई भर्ना नलिएमा, शुल्क लिएमा वा मानसिक यातना दिएमा कारबाही गर्ने चेतावनी दिएको छ । कोही कसैले यस्तो समस्या भोगे सम्पर्क गर्न पनि विभागले आग्रह गरेको छ ।

महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले गएको साउन २० गते छात्रवृत्ति परीक्षामा सम्मिलित भइ म्याचिङ प्रणालीबाट अन्तिम योग्यताक्रमको आधारमा पहिलो भर्ना सूचीमा परेका विद्यार्थीलाई यही भदौ ३ गतेसम्म सम्बन्धित शिक्षण संस्थामा भर्ना गरी जानकारी गराउन पनि पत्राचार गर्नु भएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000