JIN0TkF.gif
JINuGe4.gif

मनकामना माताको दर्शन गरि हेर्नुहोस आजको राशिफल

चितवन –  आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार सन् २०२४ अप्रिल २७ तारिख। वैशाख कृष्ण पक्षको तृतीया तिथि, ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। यस्तो छ आजको फलादेशः

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

मेष : आज कामको सुरुवात गर्नु राम्रो हुन्छ। इमान्दारिताको प्रशंसा हुनेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान बढ्नेछ। लगानी भए वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ। परिवारसँग व्यवहार गर्दा सोच्नु राम्रो हुन्छ।

वृष : आम्दानीको बाटो खुला छ। खर्च गर्दा सचेत हुनुपर्नेछ। आम्दानी भन्दा खर्च बढी हुने हुँदा परिवारमा विवाद हुनसक्छ। मनमा खुशी बढ्नेछ। स्वदेशमा भन्दा विदेशतर्फ मन आकर्षित हुनेछ।

मिथुन : आफ्नो क्षमता नबुझ्दा समस्या झेल्नुपर्ने हुनसक्छ। खानपानमा ध्यान दिनुपर्नेछ। रोगको जोखिम बढ्नसक्छ। रोजगारीको अवसर मिल्नेछ। स्वदेशमै रोजगारीका विकल्प देखिने छन्। साथीको सहयोग राम्रो प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ।

कर्कट : दैनिकी सामान्य छ। ठुलो कामको सुरुवात नगर्नु राम्रो हुन्छ। मान्यजनको आज्ञा लिएर काम गरेमा सफलता मिल्नेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुन्छ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : नयाँ साथीसँगको संगतले दिन रमाइलोसँग बित्नेछ। आफूले गर्न खोजेको काम बन्नेछ। धार्मिक क्षेत्रमा मन जानेछ। विदेशको आकर्षणले मन विथोलिने छ। परिवारको साथ मिल्नेछ।

कन्या : श्रमको फल प्राप्त हुनेछ। साथीभाइको साथ रहनेछ। लगानीको क्षेत्र सोचेजस्तो नहुने जोखिम छ। गणेशको सम्झना गरेर कामको सुरुवात गर्नु राम्रो हुन्छ। परिवारको साथ र सहयोग रहनेछ।

तुला : धनलक्ष्मी योग परेको छ। कला प्रदर्शनमा हिम्मत गरेमा उत्कृष्ट हुने दिन छ। राम्रो कामको थालनी गर्नु भए फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परिवारको मन बुझाउन नसक्दा सम्बन्धमा खटपटी हुनसक्ने जोखिम छ।

वृश्चिक : समय सामान्य छ। अरुको सेवामा भुल्नुभन्दा आफ्नो ख्याल गर्नुपर्ने समय आएको छ। खानपान र व्यायाममा सचेत हुनुपर्नेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : दिन राम्रो छ। श्रमको नतिजा राम्रो प्राप्त हुनेछ। शिक्षामा गरेको लगानीले खुशी दिनेछ। समाजमा नाम, दाम र इनाम मिल्नेछ। परिवारको साथ र सहयोग निरन्तर मिल्नेछ।

मकर : दिन सामान्य राम्रो छ। धन खर्च गर्दा लगानी डुब्ने खतरा देखिन्छ। लगानीको फल अरुले लिने जोखिम भएकाले सचेत हुनु राम्रो हुन्छ। आफन्तले खुट्टा तान्ने भएकाले व्यवहार गर्दा सचेत हुनु पर्नेछ। परिवारले भने सहयोग गर्नेछन्।

कुम्भ : दैनिकी सहज छैन। शनिदेव तपाईंको हितमा छैनन्। जन्मकुण्डलीमा शनि ३, ६ र ११ स्थानमा भए मन खुशी हुनेछ। यसले उन्नति र प्रगति गर्नेछ। वैदेशिक क्षेत्रको लगानीमा फाइदा हुनेछ। परिवारको सहयोग मिल्नेछ।

मीन : दिन सामान्य छ। मान्यजनले नै अपमान गर्ने जोखिम हुनसक्छ। लगानीको क्षेत्रमा हात नहाल्नु राम्रो हुन्छ। मर्यादामा बस्नु राम्रो हुनेछ। धर्मकर्ममा मन जानेछ। परिवारको साथ मिल्नेछ।

What’s your Reaction?
+1
82
+1
57
+1
2
+1
0
+1
9
+1
10
81025400
hulash
Register-Now-20241122-105401-0000