JIN0TkF.gif
JINuGe4.gif

मनकामना माताको दर्शन गरि हेर्नुहोस आजको राशिफल

चितवन –  आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार सन् २०२४ अप्रिल २० तारिख। चैत शुक्ल पक्षको द्वादशी तिथि। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। यस्तो छ आजको फलादेशः

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

मेष : नसोचेको क्षेत्रबाट आम्दानी हुनसक्छ। सेयरमा लगानी गरेको भए फाइदा हुनेछ। साथीसँग भेट हुनेछ। नयाँ कामको सुरुवात हुनेछ।

वृष : काममा बाधा आइपर्न सक्ने दिन छ। शिक्षा क्षेत्रको लगानीमा घाटा हुनसक्छ। वैदेशिक क्षेत्रमा गरेको लगानी ठगले खाइदिने जोखिम देखिन्छ। रिसलाई नियन्त्रण गरेर विवेकपूर्ण काम गर्नुपर्ने दिन छ।

मिथुन : साथीले सहयोग गर्नेछन्। गुरुको आर्शिवाद मिल्नेछ। शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट उन्नति हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : परिश्रम अनुसारको फल प्राप्त हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ निरन्तर रहने छ। सामाजिक क्षेत्रबाट सम्मान मिल्नेछ।

सिंह : अधिकारको लडाइनमा सफलता मिल्नेछ। साथीभाइसँग संगत गर्दा बोली र व्यवहारले पक्का बन्नुपर्ने देखिन्छ। जटिल भनेको काम सहजै बन्नसक्छ। परिवारको साथ र सहयोग रहनेछ।

कन्या : परोपकार गर्ने मौका मिल्नेछ। आर्थिक क्षेत्रको लगानीमा समस्या हुनसक्छ। परिवारसँग मेलमिलाप हुनेछ। वैदेशिक क्षेत्रको रोजगारीमा फाइदा हुनेछ। काम गर्दा सचेत बन्नुपर्ने दिन छ।

तुला : शिक्षा क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ। मन शान्त बन्नेछ। परोपकारको मौका मिल्नेछ। परिवारको साथ र सहयोग हुनेछ।

वृश्चिक : आर्थिक क्षेत्रमा सुधार हुनेछ। व्यवहार गर्दा सचेत बन्नुपर्ने देखिन्छ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ। राम्रो कामको चर्चा हुनेछ।

धनु : लामो समयदेखि रोकिएको काम बन्नेछ। श्रम गरेको क्षेत्रमा उन्नति हुनेछ। आर्थिक लाभ हुने दिन छ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ।

मकर : मान र सम्मान प्राप्त हुने योग छ। आर्थिक उन्नति हुनेछ। सामाजिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। रमाइलो यात्राको योग रहेको छ।

कुम्भ : परिवारको साथ र सहयोग निरन्तर रहने छ। रोकिएको काम बन्नेछ। जमिनको कारोबारमा फाइदा हुनेछ। नसोचेका मान्छेले सहयोग गर्नेछन्।

मीन : खुशीको खबर सुन्न पाइने छ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। मन खुशी हुनेछ। परिवारको साथ र सहयोगमा मनोरञ्जन गर्दै दिन बित्नेछ।

What’s your Reaction?
+1
75
+1
59
+1
2
+1
0
+1
4
+1
10
81025400
hulash
Register-Now-20241122-105401-0000