JIN0TkF.gif
JINuGe4.gif

मध्यरातमा घरेलु हतियार प्रयोग गरि नगद तथा सुन लुटपाट गर्ने २ जना पक्राउ

काभ्रे –  घरेलु हतियार प्रयोग गरी घरधनीलाई कुटपिट गरि शुक्रबार मध्यराती लुटपाट भएको छ। रोशी गाउँपालिका- ५ डुम्बलमा रहेको कामी सिङ्ग लामाको घरमा नगद र सुन लुटपाट गर्ने २ जनालाई स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएका हुन्।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

लामाको घरमा अनुहारमा खादा बेरेको अपरिचित ३ जनाले रड र घरेलु हतियार प्रयोग गरि श्रीमान र श्रीमतीलाई कुटपिट गरि सुन र नगद लुटेर भाग्ने क्रममा रोशी गाउँपालिका वडा -६ नवल घर भएको बुद्ध घिसिङ र रोशि गाउँपालिका-८ खार्पाचोक घर बताउने २ जनालाई स्थानीयले पक्राउ गरेर प्रहरीलाई बुझाएका हुन्।

लुटपाटमा उनीहरुले प्रयोग गरेको मोटरसाइकल र स्कुटरसमेत स्थानीयले प्रहरी चौकी कटुन्जेबेसीलाई जिम्मा लगाएको जिल्ला समन्वय समिति काभ्रेको उपप्रमुख रिमबहादुर तामाङले जानकारी दिए। लुटपाटको क्रममा घाइते भएका श्रीमान र श्रीमतीको धुलिखेल अस्पतालमा उपचार भइरहेको तामाङले बताए।

लुटपाट गरेर भागेपनि राती १२ बजे स्थानीय जम्मा भएर खोज्ने क्रममा दुई जनालाई पक्राउ गर्न सफल भएको तामाङले जानकारी दिए।

लुटपाट भएको घरमा श्रीमान र श्रीमती मात्र रहेको प्रहरीले जनाएको छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी भागेन्द्र पुरुष ढकालले जानकारी दिए।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000