JIN0TkF.gif
JINuGe4.gif

भारतीय गाडीको ठक्करबाट दुई जनाको मृत्यु

चितवन –   सर्लाहीमा स्कारपियो र मोटरसाइकल एक-आपसमा ठोकिदा दुई युवकको मृत्यु भएको छ। जिल्लाको कौडेना गाउँपालिका–३, मा सोमबार राति एचआर ५९ ए ०१३१ भारतीय नम्बरको स्कारपियो र मोटरसाइकल आपसमा ठोकिदा दुई युवकको मृत्यु भएको हो।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

दुर्घटनामा मोटरसाइकलमा सवार रौतहटको माधवनारायण नगरपालिका–६, बस्ने २३ वर्षीय शियानन्दन महतो र सोही ठाउँका १९ वर्षीय अजय महतोको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजादा बाटैमा मृत्यु भएको हो ।

दुर्घटनापछि स्कारपियो प्रहरीले नियन्त्रणमा लिएको छ भने स्कारपियोका चालक भने फरार रहेक छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

What’s your Reaction?
+1
1
+1
0
+1
9
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000