JIN0TkF.gif
JINuGe4.gif

भारतीय कारले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु

झापा  –   झापामा भारतीय नम्बर प्लेटको कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक कमल गाउँपालिका- ४ निवासी ६७ वर्षीय डोरप्रसाद खनाल रहेका ला प्रहरी कार्यालयले झापाले जनाएको छ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

मंगलबार साँझ ७ बजेको समयमा पूर्व पश्चिम राजमार्ग अन्तरगत कमल-५ स्थित पाडाजुँगीमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बीआर ११ एपी ४१४१ नम्बरको भारतीय कारले विपरीत दिशातर्फ गइरहेको मे ७ प ४६४४ मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा परी घाइते मोटरसाइकल चालक खनाललाई  उपचारका लागि दमकस्थित पुर्‍याउन साथ चिकित्सकले मृत्यु घोषित गरेको प्रहरीले जनाएको छ। दुर्घटनामा मृतक भएका खनाल कमल गाउँपालिकाका कर्मचारी सरोज खनालका बुबा हुन्। इलाका प्रहरी कार्यालय दमकले कार तथा कार चालकलाई नियन्त्रणमा लिएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000