JIN0TkF.gif
JINuGe4.gif

भारतसँगको तेस्रो टी–२० क्रिकेटमा अष्ट्रेलिया ५ विकेटले विजयी

चितवन – भारतसँगको तेस्रो टी–२० क्रिकेटमा अष्ट्रेलिया ५ विकेटले विजयी भएको छ । निक्कै रोमाञ्चक भएको खेलमा जितसँगै अष्ट्रेलिया पाँच खेलको शृङ्खलामा २–१ ले पछि छ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

गुवाहाटीमा हिजो भएको खेलमा जितका लागि २ सय २३ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो ।

अष्ट्रेलियाका ग्लेन म्याक्सवेलले शतक बनाए । उनी एक सय चार रनमा अविजित रहे । ट्रविस हेड ३५ रनमा आउट भए । कप्तान म्याथ्यु वेड २८ रनमा अविजित रहे । भारतका रवि विश्रोईले दुई तथा आवेश खान, अक्षर पटेल र अर्शदीप सिंहले समान एक/एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २२ रन बनाएको थियो । भारतका ऋतुराज गायकवाडले एक सय २३ रनको शतकीय पारी खेले पनि जितका लागि पर्याप्त भएन । कप्तान सूर्यकुमार यादव ३९ रनमा आउट भए । तिलक बर्मा ३१ रनमा अविजित रहे ।

अष्ट्रेलियाका जेसन बेहरनडोफ, केन रिचर्डसन र आरोन हाड्लीले एक÷एक विकेट लिए । भारत पहिलो खेलमा २ विकेट र दोस्रो खेलमा ४४ रनले विजयी भएको थियो । चौथो खेल शुक्रवार र पाँचौँ तथा अन्तिम खेल आइतवार हुनेछ । यसअघि भएको एकदिवसीय विश्वकप क्रिकेटमा भारतलाई हराउँदै अष्ट्रेलियाले उपाधि जितेको थियो ।

What’s your Reaction?
+1
0
+1
12
+1
2
+1
1
+1
23
+1
7
81025400
hulash
Register-Now-20241122-105401-0000