JIN0TkF.gif
JINuGe4.gif

भारतमा हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

पश्चिमी भारतको  पुणे जिल्लाको बावधन नजिक बुधबार हेलिकप्टर दुर्घटना हुँदा  हेलिकप्टरमा सवार तीन जनाको मृत्यु भएको अग्नि नियन्त्रक अधिकारीले बताएका छन् । 

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

हेलिकप्टर हेरिटेज एभियसनले सञ्चालन गरेको प्रहरी तथा अग्नि नियन्त्रक अधिकारीहरूले बताएका छन् । अधिकारीहरुका अनुसार मुम्बईको दक्षिणपूर्वमा रहेको पुणे सहरको बाहिरी इलाकामा स्थानीय समय अनुसार बिहान ६ः४५ बजे दुर्घटना हुँदा हेलिकप्टरमा आगो लागेको थियो ।  ।

दुर्घटनामा हेलिकप्टरमा सवार दुई जना पाइलट र एक जना इन्जिनियरको मृत्यु भएको प्रमुख अग्नि नियन्त्रक अधिकारी  देवेन्द्र पोटफोडले पत्रकारहरू समक्ष बताएका छन्।  उनले आफुहरु घटनास्थलमा पुग्दा, हेलिकप्टर दुर्घटनाग्रस्त भएको र यसका सबै भागहरू छरिएको देखेको उल्लेख गरेका छन् ।  

उनले दुर्घटनामा मृत्यु वरण गरेका तीनैजनालाई निकाली उनीहरूलाई प्रहरीलाई हस्तान्तरण गरेको बताएका छन्।  हेलिकप्टर विपक्षी राष्ट्रवादी काङ्ग्रेस पार्टीले भाडामा लिएको र मुम्बईतर्फ गइरहेको स्रोतले जनाएको छ ।

दुर्घटनाको आधिकारिक कारण पत्ता लागेको छैन यद्यपि स्थानीय मिडियाले दुर्घटनाको समयमा यस क्षेत्रमा घना कुहिरो लागिरहेकोले दुर्घटना भएको रिर्पोटिङ गरेका छन् ।  

What’s your Reaction?
+1
26
+1
0
+1
4
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000