JIN0TkF.gif
JINuGe4.gif

भारतमा भएको दुर्घटनामा नेपालगन्जका ६ जनाको मृत्यु

भारतमा भएको सडक दुर्घटनामा नेपालगन्जका ६ जनाको मृत्यु भएको छ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

शनिबार दिउँसो भएको सडक दुर्घटनामा परी नेपालगन्ज त्रिभुवन चोकनजिकै रहेको हरिओम मेडिकल स्टोरका सञ्चालक दिनेशकुमार वैश्यका छोरा, बुहारी, दुई नातिको घटनास्थलमा मृत्यु भएको नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नन्दलाल वैश्यले पुष्टि गरेका छन्।

उनका अनुसार दुर्घटनामा परी त्रिभुवन चोकको उत्तरतर्फ रहेको एस कुमार वाच सेन्टरका सञ्चालक सन्तोषकुमार वैश्यका छोरा र छोरीको पनि मृत्यु भएको छ।

भारतको बलरामपुरबाट नेपालगन्ज फर्किने क्रममा श्राबस्ती जिल्लाको सीताकुण्डनजिक उनीहरू सवार युपी ४७ डब्लु १२१७ नम्बरको गाडी दुर्घटनामा परेको थियो। सडकमा रहेको गाईलाई जोगाउने क्रममा गाडी ४–५ बल्ड्याङ खाएर सडकछेउको रूखमा ठोक्किएको अध्यक्ष वैश्यले जानकारी दिए।

मृत्युको खबरले शनिबार बेलुकादेखि त्रिभुवन चोकमा सन्नाटा छाएको छ। वैश्य परिवारको मृत्युको खबर पाएपछि परिवारका आफन्त, शुभचिन्तकहरू शोकमा डुबेका छन्।

मृतकको भिंगास्थित जिल्ला अस्पतालमा आज आइतबार पोस्टमार्टम हुने भएको छ। ‘पोस्टमार्टमका लागि म पनि आज भिंगा जाँदैछु,’ उनले भने, ‘नेपालगन्जले ठूलो क्षति व्यहोर्नु परेको छ। हामी शोकमा छौँ।’

What’s your Reaction?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000