भरतपुर – भरतपुर महानगरपालिका १० को वडा कार्यालयले पुरानो मेडिकल कलेजसँगको भाडा सम्झौता विवरण पठाउन भरतपुर अस्पताललाई पत्राचार गरेको छ । कलेजले सम्झौता बमोजिमको करोडौं रुपैयाँ अस्पताललाई नदिएको समाचार आएपछि भरतपुर १० का वडाअध्यक्ष परमेश्वर खनालले सक्रियता देखाएका हुन् ।
भरतपुर अस्पताल भरतपुर–१० मा पर्छ । वडाध्यक्ष खनालले अस्पताललाई पत्र पठाउँदै कलेज अफ मेडिकल साइसेन्स (पुरानो मेडिकल कलेज)लगायत विभिन्न संघसस्थासँग व्यवसायीक प्रयोजनका लागि गरेको भाडा एवम् करार सम्झौता पत्र, हालसम्म बुझेको भाडा रकम र तत् सम्बन्धि सम्पूर्ण विवरण तीन दिन भित्र वडा कार्यालयमा पठाउन आग्रह गरेका हुन् ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1