JIN0TkF.gif
JINuGe4.gif

भरतपुरमा बोराभित्र फेला परेका शवको पहिचानका लागि प्रहरीद्वारा मृतकको स्केच सार्वजनिक

भरतपुर चितवन  –  भरतपुर महानगरपालिका–१२, मिलनचोकस्थित कल्भर्टमा मङ्सिर ६ गते फेला परेका दुईवटा शवको पहिचानका लागि प्रहरीले मृतकको स्केच सार्वजनिक गरेको छ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

११ दिनसम्म पनि शवको पहिचान हुन नसकेपछि जिल्ला प्रहरी कार्यालय चितवनले मृतकको स्केच सार्वजनिक गरेको हो ।

स्थानीयको सूचनाका आधारमा प्रहरीले दुई छुट्टाछुट्टै जुटको बोराभित्र महिला र पुरूषको शव फेला पारेको थियो । सडेगलेको अवस्थामा फेला परेको शवको हुलियाका बारेमा ७७ वटै जिल्ला र छिमेकी देश भारतमा समेत जानकारी गराउँदा पनि सनाखत हुन नसकेपछि प्रहरीले स्केच नै बनाउनु परेको हो ।

विशेषज्ञहरुले मतृकको अनुहार प्रस्ट्याउने किसिमको डिजिटल म्यानिपुलेटेड इमेज (स्केच) तयार गरेका हुन् । मृतकको हुलिया र शरीरमा भेटिएका चीजवस्तु, चिह्न तथा कपडाहरुको विवरण पनि प्रहरीले सार्वजनिक गरिसकेको छ ।

What’s your Reaction?
+1
47
+1
0
+1
13
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000