JIN0TkF.gif
JINuGe4.gif

भरतपुरमा बिरुवा उखाल्ने महिला पक्राउ

भरतपुर चितवन –  भरतपुर महानगरपालिका–३ काे शहीदचोक–बेलचोक सडक खण्डको बिरुवा उखाल्ने महिला पक्राउ परेकी छिन् ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

पक्राउ पर्ने महिला २८ वर्षीया खुस्बी रौनियार रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) विजयराज पण्डितले जानकारी दिनुभयो । हिजो साेमवार दिउँसो ३ बजे पक्राउ परेकी महिलालाई प्रचलित कानुनअनुसार कारबाही गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

राैनियारले आइतबार राति सवा २ बजे आफ्नै पसल अगाडि रहेको बिरुवा उखालेर फालेको सीसीटीभी फुटेजमा देख्न सकिन्छ । घर अगाडि रुख ठूलो भई असर पार्ने भन्दै उनले बिरुवा उखेलेकाे प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

गएकाे शुक्रवार भरतपुर महानगरपालिकाले वृक्षरोपण महाअभियानअन्तर्गत यो सडकमा बिरुवा रोपेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000