JIN0TkF.gif
JINuGe4.gif

भरतपुरमा देशकै ठुलो ‘चार्जिङ हब’ बनाउने तयारी

चितवन – भरतपुरकि मेयर रेणु दाहाल नेतृत्वको भरतपुर महानगरपालिकाले चितवनस्थित रामनगरमा देशकै ठुलो ‘चर्जिङ हब’ बनाउन सहकार्य गर्ने भएको छ । चितवन अटोमोबाइल डिलर्स एसोसिएसन (काडा)ले  बुधवारदेखि सञ्चालन गरेको ‘काडा अटो एक्स्पो’ को उद्घाटन गर्दै नगर प्रमुख दाहालले यसबारे जानकारी गराएकी हुन् ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

 नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य गरेर रामनगरमा देशकै ठुलो चार्जिङ हब निर्माण गर्ने तयारी भइरहेको उनको भनाई छ । यस सन्दर्भमा महानगरका एक कर्मचारीले चार्जिङ हब निर्माण प्रारम्भिक चरणमा रहेको बताए । उनले भने “हामी यहाँ रामनगरमा चार्जिङ हब बनाउने योजनाको प्रारम्भिक चरणमा छौँ । हाल सो कार्यका लागि विद्युत् प्राधिकरणलाई जग्गा देखाएका छौँ । उहाँहरूले जग्गा निरीक्षण गर्दै हुनु हुन्छ । कुरा सकारात्मक नै छ । सम्भवत: छिट्टै जग्गा हस्तान्तरण हुन्छ । त्यसपछि टेन्डर आह्वान तथा निर्माणका कार्यहरू अगाडि बढ्दै जानेछन् । “

उनका अनुसार महानगरले प्राधिकरणलाई झन्डै साढे २ बिघा जमिन चार्जिङ स्टेसन बनाउनको लागि उपलब्ध गराउने भएको हो । सो क्षेत्रमा एकै पटकमा दुई सय देखि २ सय ५० ओटासम्म गाडी एकसाथ चार्ज गर्न सकिने चार्जिङ हब बन्न लागेको उनको भनाई छ ।

रामनगर बाहेक रामपुरमा रहेको अर्को एक बिघा सार्वजनिक जग्गामा पनि चार्जिङ स्टेसन निर्माण गर्ने बारे हाल महानगर छलफलमा रहेको ती कर्मचारीले बताए । यसअघि विद्युत् प्राधिकरण र भरतपुर महानगरको सहकार्यमा चितवन बसपार्कमा चार्जिङ स्टेसन निर्माण भइसकेको छ ।

What’s your Reaction?
+1
49
+1
23
+1
0
+1
0
+1
19
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000