JIN0TkF.gif
JINuGe4.gif

भरतपुरबाट लागुऔषध सहित युवती पक्राउ

भरतपुर चितवन – चितवनको भरतपुर महानगरपालिका वडा नं–२६, सिमरी टाउनमा बुधबार बिहान ४ः०० बजे इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित एक युवतीलाई पक्राउ गरेको छ ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

प्रहरीले भरतपुर महानगरपालिका वडा नं–२६ स्थित २८ वर्षीया मुना लामाको घरमा खानतलासी गर्दा एक ग्राम खैरो हेरोइनजस्तो देखिने लागूऔषध, नगद ६७ हजार ६७० रुपैयाँ नेपाली नोट, १५० रुपैयाँ भारतीय नोट, विभिन्न कम्पनीका छ थान मोबाइल र गरिमा बैंकको चेक बरामद गरिएको जनाएको छ ।

निज लामालाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

What’s your Reaction?
+1
123
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000