JIN0TkF.gif
JINuGe4.gif

भरतपुरको मनकामना अस्पतालमा गर्भवतीको ज्यान गएपछि तनाव

चितवन –  भरतपुरमा रहेको मनकामना अस्पतालमा उपचारका क्रममा एक गर्भवतीको ज्यान गएपछि तनाव भएको छ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नंं–२६ बस्ने ३२ वर्षीया नविना महतोको उपचारको क्रममा गएराति ज्यान गएको हो । तीन महिनाकी गर्भवती महतोलाई रक्तश्राव भएपछि परिवारले उपचारका लागि बिहीवार अस्पताल लगेका थिए ।

उनको हिजो दिउँसो अपरेसन गरिएको थियो । तर उपचारकै क्रममा ज्यान गएपछि परिवार र आफन्तले अस्पतालले लापरबाही गरेको बताएका छन् । मृतकका आफन्तले अस्पतालको गेटमा ताला लगाएर घटनाको छानबिन गर्न माग गरेका छन् । अस्पताल परिसरमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभयो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000