JIN0TkF.gif
JINuGe4.gif

भरतपुरको जुगेडीमा स्कार्पियोको ठक्करबाट एक महिलाको मृत्यु

भरतपुर चितवन –  भरतपुर–२९ स्थित जुगेडीमा आइतबार बेलुकी ७ः१० बजेको समयमा स्कार्पियोको ठक्करबाट एक पैदलयात्री महिलाको मृत्यु भएको छ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

रामनगरबाट मुग्लिनतर्फ जाँदै गरेको बा २० च ४९७ नम्बरको स्कार्पियोले बाटो काट्दै गरेकी पैदलयात्री भरतपुर–२९, जुगेडी बस्ने ४० वर्षीया माया गुरूङको उपचारार्थ पुरानो मेडिकल कलेज भरतपुर लगिएकोमा सोमबार बिहान ५ः१७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले ठक्कर दिने स्कार्पियोसहित चालक धादिङको थाक्रे गाउँपालिका वडा नं–६ बस्ने ३८ वर्षीय लक्ष्मण रेग्मीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000