JIN0TkF.gif
JINuGe4.gif

बौद्धिक अपाङ्गता भएकी महिलालाई जबरजस्ती करणी गर्ने २ युवा पक्राउ

स्याङ्जा –  बौद्धिक अपाङ्गता भएका एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा २ युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका ८ डाँडास्वाराका २५ वर्षीय सुवास गुरुङ र २७ वर्षीय मदन गुरुङ रहेको प्रहरी निरीक्षक पावल सिंह लामाले जानकारी दिए।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

आफ्नै घरमा बसिरहेकी ती महिलालाई ११ दिनअघि उनकै घरमा गएर दिउँसो ३ बजतिर जबरजस्ती करणी गरेको प्रहरीको भनाइ छ। आरोपित दुबैजना घटना घटेको ९ दिनपछि पक्राउ परेका हुन्।

आरोपित दुबै जनाविरुद्ध जबरजस्ती करणीमा मुद्धा दर्ता भएको छ। जिल्ला अदालतबाट म्याद थप भै अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000