स्याङ्जा – स्याङजाको भिरकोट नगरपालिका-६ कार्कीडाँडास्थित भित्री सडकखण्डमा बलोरो दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
शुक्रवार साँझ बयारघारीबाट तिसेदीतर्फ जाँदै गरेको ग २ च ७३७५ नम्बरको बलोरो जिप उकालो बाटोमा ब्याक हुन गई सडकमै पल्टिंदा जिपमा सवार चालकसहित १२ जना घाइते भएका हुन् ।
घाइतेहरुको गण्डकी अस्पताल पोखरा र केही घाइतेहरुको कालिका सामुदायिक अस्पताल हेलुमा उपचार भइरहेको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1