JIN0TkF.gif
JINuGe4.gif

‘बेहुली फ्रम मेघौली’ शुक्रवारदेखि ओटीटीमा उपलब्ध हुने

चितवन –  कम शो दिइएको भन्दै हलबाट उतारिएको ‘बेहुली फ्रम मेघौली’ शुक्रवारदेखि ओटीटीमा उपलब्ध हुने भएको छ । कलाकार, निर्देशक एवम् चलचित्र निर्माता निश्चल बस्नेतले फेसबुकमा एक पोस्ट राख्दै यसबारे जानकारी दिएका हुन् ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

बस्नेतका अनुसार यो चलचित्र ‘एमएसएम भिडिओ’ नामक नयाँ नेपाली ओटीटी प्लेटफर्ममा उपलब्ध हुनेछ । तर अहिले पनि यसमा नयाँ अकाउन्ट बनाउँदा ओटीपी नआउने र आए पनि समय लाग्ने समस्या रहेको प्रयोगकर्ताहरूले सामाजिक सञ्जालमा लेखिरहेका छन् ।

हाल यस प्लेटफर्ममा ‘दिमाग खराब’, ‘महाजात्रा’ र ‘घरज्वाईं’ चलचित्र उपलब्ध छन् । प्लेटफर्ममा चलचित्र हेर्न ‘रेन्ट’मा लिने विकल्प छ । चलचित्रलाई एक हप्ता र दुई हप्तासम्म रेन्टमा लिन सकिने छ । त्यस्तै मासिक, अर्धवार्षिक, वार्षिक र आजीवन गरी प्लेटफर्मको सब्सक्रिप्सन समेत लिन सकिन्छ ।

तर प्रयोगकर्ताहरूले यो प्लेटफर्ममा चलचित्र हेर्नलाई पैसा तिर्ने विकल्प सजिलो नभएको गुनासो गरिरहेका छन् ।

What’s your Reaction?
+1
49
+1
24
+1
0
+1
0
+1
19
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000