चितवन – भोलिदेखि चार वटा प्रदेश कोशी, मधेश, बाग्मती र गण्डकीमा पानी पर्ने अनुमान छ । भोलिदेखि शनिवारसम्म नै कोशी, मधेस, बाग्मती र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको त्रिभुवन विश्वविद्यालयको मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलले जानकारी दिनुभएको छ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा यो अवधिमा वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । गएको बिहीवारदेखि भएको घनघोर वर्षाका कारण जनधनको क्षति भएको छ ।
साधारणतया भोलिदेखि मनसुन बाहिरीने अवधि भए पनि केही दिन अझै लम्बिने सम्भावना छ । मुख्य पर्व दशैँसम्म नै पानी पर्ने सम्भावना रहेकाले सकेसम्म यात्रा नगर्न र गर्नेपर्ने अवस्थामा सावधानी अपनाउन मौसमविद्को सुझाव छ ।
What’s your Reaction?
+1
27
+1
+1
13
+1
+1
+1