JIN0TkF.gif
JINuGe4.gif

बीपी प्रतिष्ठनको गाडीको ठक्करबाट आफ्नै कर्मचारीको मृत्यु

धरान –  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको को १ क ११५९ नम्बरको बसले ठक्कर दिंदा आफ्नै कर्मचारीको मृत्यु भएको छ। शनिबार धरानको जिरो पोइण्टमा उक्त बसले प्रतिष्ठानमा कार्यरत कर्मचारी प्रभु चौधरी र अमरिता लिम्बू सवार प्रदेश १ -०२-०५२ प १९५२ नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुभाष केसीले स्कुटीमा सवार अमरिता लिम्बुको घटनास्थलमै मृत्यु भएको बताए।

मधेश प्रदेशको पर्सा जिल्ला भवानीपुर गाउँपालिका घर भएका उनीहरु प्रतिष्ठानमा सहयोगी र सरसफाइकर्मीका रुपमा कार्यरत रहेको बताइएको छ। मृत्यु भएका लिम्बू घाइते चौधरीको श्रीमती भएको प्रहरी निरीक्षक केसीले बताए। घाइते चौधरीको प्रतिष्ठानमा उपचार भैरहेको छ।

प्रतिष्ठानको ३० औं स्थापना दिवसको अवसरमा आयोजित रन द माइल्स फिल द स्माइलु म्याराथनमा सहभागीलाई पुर्याएर फर्कंदै गरेको प्रतिष्ठानको बसले कार्यक्रममा सहभागी कर्मचारीलाई नै ठक्कर दिएको थियो।

दुर्घटना गराउने प्रतिष्ठानको बस र ठक्करबाट सामान्य क्षति भएको को १ च ८१०८ नम्बरको भ्यानलाई नियन्त्रणमा लिएको अमरहाट प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बद्रीबिक्रम दहालले बताए। उनले दुर्घटना गराउने चालक सुरेन्द्र यादबलाई नियन्त्रणमा लिएको बताए।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000