JIN0TkF.gif
JINuGe4.gif

बिवाहा कै दिन आफ्नी श्रीमतीको अश्लील भिडिओ सार्वजनिक गर्ने श्रीमान् पक्राउ

विवाह गरेको केही घन्टापछि आफ्नी श्रीमतीको अश्लील भिडिओ सार्वजनिक गर्ने श्रीमान् पक्राउ परेका छन् ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

यो घटना भारतको मध्यप्रदेशस्थित भोपाल भन्ने ठाउँको हो । भारतीय सञ्चारमाध्यम फ्री प्रेस जर्नलका अनुसार श्रीमतीको अश्लील भिडिओ सार्वजनिक गर्ने श्रीमान् र सार्वजनिक गर्न उक्साउने आमा र भाइलाई समेत त्यहाँको स्थानीय प्रहरीले मुद्दा चलाएको छ ।

इङ्गेजमेन्ट गरेर पनि आफूसँग विवाह गर्न अस्वीकार गरेको झोकमा एक व्यक्तिले ती महिलाका प्रेमी अर्थात् अहिलेका श्रीमानलाई अश्लील भिडिओ पठाएका थिए ।

प्रहरीका अनुसार केही महिनाअघि भारतको ऐशबागमा बस्ने १९ वर्षीया ती युवतीसँग २२ वर्षीय पुरुषको विवाह तय भएको थियो । फेब्रुअरी २४ मा, जब विवाह तय भएको जोडी भिडिओ कलमा च्याटमा जोडियो, युवकले महिलालाई कपडा फुकाल्न भने । महिलाले पनि युवकले भनेजस्तै गरिन् । यो सबै दृश्य युवकले स्क्रिन रेकर्डिङको माध्यमबाट कैद गरेका थिए ।

गत सोमबार मात्रै महिलाले ती २२ वर्षीय युवकसँगको इङ्गेजमेन्ट तोडिन् र मंगलबार आफूसँग प्रेम सम्बन्धमा रहेको पुरुषसँग भागेर विवाह गरिन् ।

यसपछि ती युवकले आफूले खिचेको अश्लील भिडिओ महिलाका श्रीमानलाई पठाइदिए । बिहेको रात आफ्नी श्रीमतीको आपत्तिजनक भिडिओ पाएपछि श्रीमानले आफ्नी आमा र भाइलाई देखाए । दुवैले सामाजिक सञ्जालमा भिडिओ सार्वजनिक गर्न सल्लाह दिएपछि भिडिओ बाहिरिएको थियो ।

भिडिओ लिक गर्ने पुरुष (श्रीमान्), उनका भाइ र आमासहित महिलाको भिडिओ खिच्ने व्यक्तिविरुद्ध मुद्दा दर्ता गरेको प्रहरीले जनाएको छ ।

What’s your Reaction?
+1
109
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000