JIN0TkF.gif
JINuGe4.gif

बिरामी बोकेको एम्बुलेन्सबाट चरेस सहित चालक पक्राउ

चितवन – बझाङबाट बिरामी लिएर आएको एम्बुलेन्सबाट प्रहरीले लागुऔषध चरेस बरामद गरेको छ ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

२ किलो आठ सय ग्राम चरेससहित एम्बुलेन्स चालकलाई धनगढीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार बझाङको रायल प्राथमिक स्वास्थ्य चौकीको सु.प.प्र. ०१००१ झ ०५४२ नम्बरको एम्बुलेन्स बिरामी बोकेर सोमबार धनगढी आएको थियो ।

एम्बुलेन्सबाट दुई किलो आठ सय ग्राम चरेस बरामद गर्नुका साथै चालक केदारस्युँ गाउँपालिका– ३, बस्ने ३७ वर्षीय रामबहादुर खातीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए । एम्बुलेन्समा चरेस ल्याएको सूचनाका आधारमा प्रदेश प्रहरी कार्यालयको क्षेत्रीय अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय धनगढीको संयुक्त टोलीले चरेससहित चालकलाई पक्राउ गरेको उनले बताए । बिरामीलाई अस्पताल पुर्‍याएपछि धनगढी उपमहानगरपालिका– ४, बाट चरेससहित एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरीले जनाएको छ । बझाङबाट ल्याइएको चरेस कसको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक चन्दले बताए ।

What’s your Reaction?
+1
34
+1
0
+1
0
+1
9
+1
7
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000