JIN0TkF.gif
JINuGe4.gif

बढ्यो सवारी भाडा

चितवन –  बागमती प्रदेश सरकारले प्रदेशभर लागू हुने गरी सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । इन्धनको मूल्य वृद्धि भएपछि बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायातको भाडा बढाएको हो ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

प्रदेश सरकारका सचिव तीर्थराज भट्टराईका अनुसार नेपाल आयल निगमले इन्धनको मूल्यमा वृद्धि गरेपछि भाडादरमा समायोजन गरिएको हो । उनका अनुसार उपत्यकाबाहिर बागमती प्रदेशभित्र चल्ने यात्रुवाहक सवारीमा ५ दशमलब ३१ प्रतिशतले भाडा बढेको छ ।

भरतपुरबाट काठमाडौँसम्म पुगेको भाडा ४२१ रूपैयाँबाट ४४३ रूपैयाँ बनाइएको छ । नारायणगढबाट काठमाडौँ १४६ किलोमिटरको दूरी छ । काठमाडौँ–नारायणगढ–हेटौँडाको भाडा ६२२ रूपैयाँबाट बढाएर ६५५ रूपैयाँ कायम गरिएको छ । गत जेठ ११ उता सो रूटको भाडा ६६४ रूपैयाँसम्म पुगेको थियो ।

यस्तै, काठमाडौँदेखि रामपुर चितवनको भाडा ४४७ रूपैयाँबाट ४७१ रूपैयाँ कायम गरिएको छ । रामपुर–काठमाडौँको भाडा यसअघि ४७८ रूपैयाँसम्म पुगेको थियो, बीचमा दुईपटक घट्यो । चितवन, रामपुरदेखि काठमाडौँ १५६ किलोमिटरको दूरी छ ।

बागमती प्रदेशको भाडादर सुचीमा नारायणगढदेखि धादिङबेसीको भाडा २९१ बाट बढाएर ३०६ रूपैयाँ कायम गरिएको छ । प्रदेश सरकारले भाडा बढाएपछि चितवनभित्रको छोटो दूरीको भाडा पनि यही अनुपातमा बढ्ने यातायात व्यवसायीहरुले जनाएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000