JIN0TkF.gif
JINuGe4.gif

बकुलहर अस्पतालको ७६ शय्या निःशुल्क

रत्ननगर –  स्वास्थ्य मन्त्रालयको निर्देशनपछि चितवनको बकुलहर अस्पतालको ७६ शय्या निःशुल्क भएकाे छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन ज्ञवालीका अनुसार भदौ १ गतेदेखि अस्पतालमा रहेका ९० शय्यामध्ये ७६ शय्या निःशुल्क गरिएको हो ।  उहाँका अनुसार अस्पतालका क्याबिन, सघन र बाल सघन उपचार कक्ष गरी १४ शय्याबाहेक अन्य शय्या निःशुल्क गरिएका छन् ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

अस्पतालमा यसअघि नै १० प्रतिशत शय्या तथा उपचार निःशुल्क गरिसकिएको डा ज्ञवालीले जानकारी दिनुभयो । प्रदेशअन्तर्गत स्वास्थ्य मन्त्रालयले मातहतका १३ अस्पतालका सबै शय्या निःशुल्क गर्न निर्देशन दिएको थियो । साउन २२ गते स्वास्थ्यमन्त्री उत्तम जोशीले भदौ १ गतेदेखि क्याबिन, बाल र सघन उपचार कक्षबाहेक अन्य सम्पूर्ण शय्याहरु निःशुल्क गर्ने निर्णय गर्नुभएको थियो ।

मन्त्रीको निर्णयपश्चात् प्रादेशिक अस्पतालहरुका सामान्य शय्या (जनरल बेड) निःशुल्क गरिएका छन्। बिरामीको चाप बढ्दै गएपछि सरकारले नागरिकलाई सर्वसुलभ रुपमा सेवा दिने उद्देश्यले मन्त्रालयले मातहतका १३ अस्पतालमा शय्या निःशुल्क गराएको प्रदेशका स्वास्थ्यमन्त्री जोशीले जानकारी दिनुभयो ।  उहाँका अनुसार गएको आर्थिक वर्षमा ती अस्पतालबाट सात लाख ५५ हजार २४ जनाले सेवा लिएका थिए ।

‘स्वास्थ्य सेवालाई हुँदा खानेको पहुँचमा पुर्‍याउने उद्देश्यका साथ काम गरिरहेका छौँ,’ मन्त्री जोशीले भन्नुभयो, ‘अब भर्ना भएका बिरामीले शय्या शुल्क तिर्नु पर्दैन् ।’ प्रदेशका प्रयोगशालाहरुमा सर्वसुलभ रुपमा सेवा दिइएको भन्दै उहाँले डेङ्गी परीक्षण पनि निःशुल्क गरिएको बताउनुभयो ।

What’s your Reaction?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000