चितवन – नवलपुरको मैनाघाटमा बँदेलको आक्रमणमा परी २ जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मध्यविन्दु नगरपालिका १३ मैनाघाट निवासी ५७ वर्षीय चन्द्रबहादुर खाँडले आफ्नै खेतमा मकैमा विषादी छर्दैगर्दा शनिबार साँझ ५ बजेतिर बँदेलले आक्रमण गरेको हो ।
त्यसैगरी मैनाघाटकै ४३ वर्षीया हरिकला सिंजालीमगरलाई खेतमा पानी लगाउने क्रममा बँदेलले आक्रमण गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुवै जनाको अवस्था गम्भीर छ । घाइतेहरुलाई कावासोतीस्थित जिल्ला अस्पताल डण्डामा उपचार हुन नसकेपछि भरतपुर पठाइएको छ ।
What’s your Reaction?
+1
19
+1
+1
12
+1
+1
+1