JIN0TkF.gif
JINuGe4.gif

फिलिपिन्समा भीषण आगलागीमा परी दुई हजार परिवार घरविहीन

फिलिपिन्सको राजधानी मनिलाको एक आवासीय समुदायमा भएको भीषण आगलागीमा परी कम्तीमा दुई हजार परिवार घरविहीन भएका छन् ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

मनिला सिटी फायर डिपार्टमेन्टका अग्निनियन्त्रक अलेजान्ड्रो रामोसले आगलागीबाट झण्डै एक हजार घरटहरा जलेर नष्ट भएका जानकारी गराउनुभएको चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।

फिलिपिन्सको वायु सेनाले ‘मनिला बे’ क्षेत्रमा अवैध बसोवास गर्नेहरूको जलिरहेको बस्तीको आगो निभाउन हेलिकप्टरहरू पठाएको थियो । फिलिपिन्सको तटरक्षक बलले पनि आगो निभाउन चारवटा दमकल खटाएको जनाएको छ ।

आगो निभाउन झण्डै ३० वटा दमकल घटनास्थलमा खटिएका थिए । तर खाडीबाट आएको तीव्र बतासका कारण आगोको तीव्र फैलिएको रामोसले बताउनुभयो । साँघुरो सडकका कारण आगो निभाउन समय लागेको हो ।

आगलागीपछि भागेका मानिसहरु सडकमा जम्मा भएका कारण पनि अग्निनियन्त्रकलाई बस्तीभित्र पस्न गाह्रो भएको सिन्हवाले उल्लेख गरेको छ ।

आगो निभाउने क्रममा केही अग्निनियन्त्रकहरू घाइते भएका र आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

What’s your Reaction?
+1
46
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000