JIN0TkF.gif
JINuGe4.gif

फाइबरमार्फत टेलिफोन सेवा प्रयोग गरिरहेकालाई निःशुल्क इन्टरनेट

चितवन –  नेपाल टेलिकमले एनटी फाइबर मार्फत टेलिफोन मात्रै प्रयोग गरिरहेका ग्राहकलाई एक महिनासम्म ५० एमबीपीएस गतिकाे इन्टरनेट निःशुल्क उपलब्ध गराउने भएको छ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

कम्पनीले एनटी फाइबरको टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका तर इन्टरनेट पनि प्रयोग गर्न चाहने ग्राहकलाई एक महिनासम्म ५० एमबीपीएसकाे इन्टरनेट सेवा निःशुल्क उपलब्ध गराउने घोषणा गरेको हो ।

यसअघि एनटीफाइबर मात्र प्रयोग गरिरहेका तर इन्टरनेट जडान नगरेका प्रयोगकर्ताले एक महिनासम्म निःशुल्क ५० एमबीपीएस इन्टरनेट सेवा प्रयोग गर्न पाउनेछन् । यसका लागि इच्छुक ग्राहकले १९८ मा फोन गरेर वा नजिकको टेलिकमको शाखा कार्यालयमा गएर आफूले इन्टरनेट सेवा उपयोग गर्न चाहेको जानकारी गराउनुपर्ने कम्पनीले जनाएकाे छ ।

ग्राहकले जानकारी गराएपश्चात कम्पनीबाट ग्राहकलाई सम्पर्क गरी  वाईफाईको पासवर्ड तथा अन्य आवश्यक विवरण उपलब्ध गराने उल्लेख छ । यो सेवा लिएर ग्राहकले आफूले जडान गरेको ५० एमबीपीएस इन्टरनेट परीक्षण गर्न सक्ने कम्पनीले जनाएको छ ।

What’s your Reaction?
+1
46
+1
13
+1
2
+1
0
+1
7
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000