JIN0TkF.gif
JINuGe4.gif

प्रजनन केन्द्रमा हुर्काइएका घडियाल राप्तीमा छाडियो

चितवन –  चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका १०५ वटा घडियाल गोही राप्ती  नदीमा छाडिएको छ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार प्राकृतिक वासस्थानमा बाँच्ने र हुर्कने दर कम भएकोले घडियाल गोहीको संरक्षणमा सहयोग पुर्‍याउने उद्देश्यले प्रजनन केन्द्रमा गोही हुर्काउने गरिएको छ। केन्द्रमा हुर्काइएको गोहीलाई नदीमा छाड्ने गरिएको उनले बताए। २०३५ सालमा स्थापना गरिएको घडियाल गोही प्रजनन केन्द्रबाट हालसम्म एक हजार ९५७ गोही देशका विभिन्न नदीमा छाडिएको छ।

हालसम्म राप्ती नदीमा एक हजार २०२, नारायणी नदीमा ४१९, बबइमा ११०, सप्तकोशीमा ११५ , कालीगण्डकीमा ३५, कर्णालीमा ४१, बाँके राष्ट्रिय निकुञ्ज पश्चिम राप्ती नदीमा १० र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको चौधर खोलामा २५ गोही छाडिएको छ।

घडियाल प्रजनन् केन्द्रमा हाल ६२२ गोही रहेका उनले जानकारी दिए। अन्य नदीमा गोही संरक्षण हुन नसकेपछि पछिल्ला वर्षमा नारायणी र राप्ती नदीमा मात्रै गोही छाडिने गरिएको छ। अहिले राप्ती र नारायणी नदीमा तीन(तीन भाले गोही छन्। घडीयाल प्रजनन केन्द्रमा हाल दुई भाले गोही छन्।

प्रजनन् केन्द्रमा हुर्काएर नदीमा छाडिए पनि गोहीको सङ्ख्या बढ्न सकेको छैन। मानवीय गतिविधि र नदीसँगै बगेर भारतको जलक्षेत्रमा पुगेपछि संरक्षण चुनौतीपूर्ण भएको हो। रासस

What’s your Reaction?
+1
29
+1
13
+1
0
+1
0
+1
4
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000