JIN0TkF.gif
JINuGe4.gif

पौडी खेल्ने क्रममा डुबेर २ युवाको मृत्यु

चितवन –  तनहुँको बन्दीपुर–२ बट्टारमा रहेको सुलेरहमा शनिबार पौडी खेल्ने क्रममा डुबेर दुई जना युवाको ज्यान गएकाे छ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार बन्दीपुर–६ बस्ने २० वर्षीय बिनोद गुरुङ र सोही स्थानका अन्दाजी २० वर्षीय हीरा गुरुङको ज्यान गएको हो ।

छ जना साथी मिलेर पौडी खेल्न गएकामध्ये उनीहरूको डुबेर ज्यान गएको प्रहरी निरीक्षक मोहनकुमार खड्काले जानकारी दिनुभयो । अन्य चारजना सकुशल रहेका छन् । मृतक दुबैको शव परीक्षणका लागि दमौली अस्पतालको शव गृहमा राखिएको उहाँले बताउनुभयो ।

What’s your Reaction?
+1
7
+1
0
+1
32
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000