JIN0TkF.gif
JINuGe4.gif

पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

चितवन –  वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाइदिन्छु भन्दै १७ जनाबाट ३८ लाख रुपैयाँ लिइ ठगी गरेको अभियोगमा एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्क्तपुर नगरपालिका–१० घर भइ अहिले काठमाण्डौ नागार्जुन नगरपालिका–६ रामकोट बस्ने ३९ वर्षीय सुनिता कर्माचार्य रहेकी काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

उहाँका अनुसार पक्राउ परेकी कर्माचार्य समेतले मदनराज मोक्तानसमेत १७ जनालाई वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाइदिने तथा त्यसको लागि प्रतिव्यक्ति आठ लाख रुपैयाँ लाग्ने तथा पोल्याण्ड पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने र मासिक एक लाख ५० हजार रुपैयाँ तलब हुन्छ भनी विश्वास दिलाइ प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी जम्मा ३८ लाख रुपैयाँ लिइ सम्पर्कविहीन भइ ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो ।

काठमाण्डौ महानगरपालिका–२४ इन्द्रचोकबाट पक्राउ परेकी महिलालाई थप अनुसन्धान तथा कारबाहीको लागि आज वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौ पठाइएको प्रवक्ता रेग्मीले बताउनुभयो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000