JIN0TkF.gif
JINuGe4.gif

पेस्ताेल र २० राउण्ड गाेलीसहित हेटौंडाबाट ३ जना पक्राउ

चितवन –  हेटाैँडामा एक थान पेस्ताेल र २० राउण्ड गाेलीसहित तीन जना पक्राउ परेका छन् ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

प्रहरीले हेटौँडा उपमहानगरपालिका-४ हुप्राचौरमा रहेकाे एक घरको कोठाबाट पेस्ताेल र गाेलीसहित ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्रीलाई पक्राउ गरेकाे हाे ।

मकवानपुर प्रहरी प्रमुख एसपी सीताराम रिजालले गएकाे साेमवार हेटौँडा–९ धर्मपथमा रहेकाे सूर्यप्रसाद पौडेलको घरमा लगातार गोली पड्केको आवाज सुनेपछि प्रहरीले अनुसन्धान थालेको जानकारी दिनुभयाे ।

पक्राउ परेका तीनै जना ठेक्कापट्टा तथा लागुऔषध काराेबारमा संलग्न रहेका पाइएकाे उहाँले बताउनुभयाे । उनीहरुकाे डेराबाट ५ थान पेस्तोल सफा गर्ने रड, खैरो हेराेइन २ दशमलव ४० ग्राम, लागुऔषध जोख्ने विद्युतीय तराजु, नगद ५० हजार रुपैयाँ बरामद गरिएको रिजालले जानकारी दिनुभयाे । उनीहरुले प्रयाेग गर्ने ना २५ प ३३०५ र ना ६३ प ९६७८ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएकाे छ।

पक्राउ परेकामाथि जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरी ज्यान, लागुऔषध र हातहतियार सम्बन्धी मुद्दामा अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाइने रिजालले बताउनु भयाे ।

What’s your Reaction?
+1
47
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000