JIN0TkF.gif
JINuGe4.gif

पुस ११ गतेदेखि सौराहामा हात्ती तथा पर्यटन महोत्सव हुने

चितवन –  चितवनको पर्यटकीय गन्तव्य सौराहामा १८ औं हात्ती तथा पर्यटन महोत्सव–२०८१ हुने भएको छ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

आउँदो पुस ११ गतेदेखि १५ गतेसम्म महोत्सव सञ्चालन हुने क्षेत्रीय होटल सङ्घ नेपाल चितवनले जनाएको छ ।

क्षेत्रीय होटल सङ्घ नेपाल चितवनका अध्यक्ष गंगा गिरीले महोत्सवमा हात्ती वनभोज, हात्ती फुटबल, हात्ती पोलो, हात्ती सुन्दरी प्रतियोगितालगायत झाँक्री प्रदर्शनी गरिने बताउनुभयो ।

महोत्सवमा चितवनको पर्यटनको सम्भावना र चुनौतीसम्बन्धी अन्तरक्रिया हुनुका साथै हात्तीको दिनचर्याबारे जानकारी, स्वदेशी तथा विदेशी ट्राभल एजेन्सीसँग बीटूबी कार्यक्रम, स्थानीय भेषभूषा तथा कला संस्कृतिको संरक्षण, स्थानीय कृषि उत्पादनको प्रवर्द्धनात्मक कार्यक्रम गरिने आयोजकले जनाएको छ ।

What’s your Reaction?
+1
47
+1
11
+1
0
+1
0
+1
6
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000