JIN0TkF.gif
JINuGe4.gif

पीएम कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि शुरु

चितवन –  प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि शुरु हुँदैछ । पहिलो दिन आज तीन वटा खेल हुँदैछन् ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

कीर्तिपुरमा बाग्मती प्रदेश र नेपाल पुलिस क्लब, मूलपानीमा कोशी प्रदेश र मधेस प्रदेश तथा भैरहवामा लुम्बिनी र गण्डकी प्रदेशबीच खेल हुनेछ । यी खेल बिहान सवा ९ बजेदेखि शुरु हुनेछन् । यो प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय गरी १० टोली सहभागी छन् । खेल कीर्तिपुर, मूलपानी र भैरहवाको सिद्धार्थ रङ्गशालामा हुनेछन् ।

प्रतियोगितामा पहिलो पटक राउन्ड रोबिन अर्थात् सबै टोलीले एक अर्कासँग खेल्नेछन् । हरेक टोलीले एक अर्कासँग खेलेपछि शीर्ष चार टोलीले सेमिफाइनल खेल्नेछन् । यस पटकदेखि शीर्ष चार टोलीले इलिट ट्रफी पनि खेल्न पाउने भएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000