JIN0TkF.gif
JINuGe4.gif

पिकअपले मोटरसाइकललाई ठक्कर दिँदा १ को मृत्यु

झापाको कनकाईमा गएराति योद्धा पिकअप गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका- ४ कोटीहोम निवासी ३५ वर्षीय शम्भु लिम्बू रहेका    जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

प्रहरीका अनुसार सोमबार राति साढे ८ बजे कनकाई-४ त्रिवेणी चौकस्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको नम्बर नखुलेको पिकअपले मे ३ प ७०७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार घाइते लिम्बूको उपचारका क्रममा बिर्तामोडस्थित बिर्ता सिटी हस्पिटलमा मृत्यु भएको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।  मोटरसाइकल चालक कनकाई- ४ बस्ने सागर लिम्बू घाइते भएको र उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने योद्धा पिकअपको खोजी कार्य भइरहेको डीएसपी रिजालले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000