JIN0TkF.gif
JINuGe4.gif

पाेखरालाई हराउँदै ललितपुर एनएसएलकाे फाइनलमा

चितवन – पाेखरा थन्डर्सलाई हराउँदै ललितपुर सिटी एफसी दाेस्राे संस्करणकाे नेपाल सुपर लिग फुटबल (एनएसएल) काे फाइनलमा पुगेकाे छ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

बिहीवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे दाेस्राे क्वालिफायर खेलमा पाेखरालाई २–१ गाेलले हराउँदै ललितपुर उपाधि नजिकै पुगेकाे हाे । खेलकाे ३४ औँ मिनेटमा निखिल कदम राताे कार्ड पाउँदै बाहिरिएपछि ललितपुर १० खेलाडीमा सीमित भएकाे थियाे । तर पाेखराले यसकाे फाइदा उठाउन सकेन ।

खेलकाे पहिलाे हाफकाे इन्ज्युरी समयमा इमाेह इजेकिलले गाेल गर्दै ललितपुरलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलकाे ७१ औँ मिनेटमा पाेखराका स्टेफेन काेजाेले गाेल गर्दै खेल १–१ काे बराबरीमा ल्याए । निर्धारित ९० मिनेटकाे खेलमा थप गाेल हुन नसकेपछि खेल अतिरिक्त समयमा गएकाे थियाे ।

अतिरिक्त समयकाे १७ औँ मिनेटमा ललितपुरका कुशल देउवाले गाेल गर्दै फेरि टाेलीलाई अग्रता दिलाए । त्यसपछि थप गाेल हुन नसकेपछि ललितपुर २–१ गाेलले विजयी भयाे ।

अब ललितपुरले एनएसएलकाे फाइनलमा भोलि शनिवार पहिलाे संस्करणकाे उपविजेता धनगढी एफसीसँग खेल्नेछ । ललितपुर पहिलाे पटक फाइनलमा पुगेकाे हाे ।

What’s your Reaction?
+1
29
+1
14
+1
0
+1
0
+1
9
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000