JIN0TkF.gif
JINuGe4.gif

पार्किङमा रहेको बस चोरी गरि चितवन ल्याउदै गरेका १ युवक पक्राउ

चितवन – पोखरामा रोकिराखेको बस चोरेर चितवन ल्याउदै गर्दा एक किशोर पक्राउ परेका छन् ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

शुक्रबार राति पोखरा महानगरको वडा–९ मा पार्किङमा राखिएको ग १ ख ९६३८ नम्बरको बस चोरी गरेका किशोरलाई प्रहरीले पक्राउ गरेका जनाएको हो ।

शुक्रबार राति चितवनको भरतपुर नगरपालिका –११ आँपटारीबाट सो बससहित १७ वर्षीय किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । तनहुँको म्याग्दे गाउँपालिका १७ घर भएका ती किशोरलाई आँपटारीमा चेकजाँचका क्रममा प्रहरीले नियन्त्रण लिएको कास्कीका प्रहरी प्रवक्ता श्रवणकुमार विकले जानकारी दिनुभयो ।

किशोरलाई नियन्त्रणमा लिई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँकासम्बन्धी मुद्दामा अनुसन्धानअघि बढाइएको प्रहरीले जनाएको छ । यसैगरी अर्का एक किशोर चौथो पटक स्कुटर चोरीमा पक्राउ परेका छन् ।

मङ्सिर १९ गते पोखरा–३, नदीपुरमा पार्किङमा राखिएको ग १४ प २०३४ नम्बरको स्कुटर र पोखरा–१, बगरबाट ग ८ प ९९३ नम्बरको स्कुटर चोरी आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले बागलुङ स्थायी घर भई पोखरा–१६, दीप बस्ने १७ वर्षीय किशोरलाई स्कुटरसहित नियन्त्रणमा लिएको जनाएको छ । युवालाई पनि अदालतबाट चोरी तथा डाँकासम्बन्धी मुद्दामा पाँच दिन म्याद थपगरी अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रवक्ता विकले जानकारी दिनुभयो ।

What’s your Reaction?
+1
67
+1
0
+1
0
+1
44
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000