JIN0TkF.gif
JINuGe4.gif

पहिरोले हेटौँडा–काठमाण्डौ सडकखण्ड अवरुद्ध

चितवन –  पहिरोका कारण हेटौँडा–काठमाण्डौ जोड्ने कान्ति लोकपथ र हेटौँडा–कुलेखानी–काठमाण्डौ सडक अवरुद्ध भएको छ ।कान्ति लोकपथ अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ११ लामराङमा गएराति पहिरो गएकाले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

यस्तै, हेटौँडा–कुलेखानी–काठमाण्डौ सडक खण्डअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर २ ज्यालटारमा पहिरो जाँदा हेटौँडा–भैँसे–भिमफेदी–कुलेखानी–काठमाण्डौ सडक खण्ड अवरुद्ध भएको छ ।

प्रहरीका अनुसार दुवै सडक खुलाउन सडक विभागसँग समन्वय भइरहेको छ । तर, लगातारको पानी परिरहेकाले तत्काल सडक खुल्ने अवस्था नरहेको प्रहरीले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000