JIN0TkF.gif
JINuGe4.gif

नेमार अब साउदी क्लबमा

ब्राजिलका स्टार फुटबलर नेमार साउदी अरेबियाको प्रो लिग क्लब अल हिलालमा आबद्ध भएका छन्। उनले अल हिलालसँग दुई वर्षको सम्झौता गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। साउदी लिगमा आवद्ध हुने नेमार पछिल्ला स्टार खेलाडी हुन्। यसअघि पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलगायत थुप्रै खेलाडी साउदी अरेबियामा बसाइ सरिसकेका छन्।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

नेमार स्थानान्तरणका लागि अल हिलालले ९० मिलियन युरो तिरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। उनी सन् २०२५ को जुन ३० सम्म अल हिलालमा रहने जनाइएको छ। ३१ वर्षीय फरवार्ड सन् २०१७ मा कीर्तिमानी २२२ मिलियन युरोमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा आबद्ध भएका थिए।

नेमारले पेरिस छाड्ने चर्चा चुलिएपछि क्लबले पनि उनलाई टोलीमा समावेश गरेको छैन। शनिबार भएको लिग वानको पहिलो खेलमा पीएसजीले उनलाई टोलीमा समावेश गरेको थिएन। पीएसजीका मुख्य प्रशिक्षक लुइस एनरिकले पनि उनलाई नसमेटिकन नयाँ सिजनको योजना बनाएका थिए। पीएसजी छाड्ने नेमार दोस्रो स्टार खेलाडी हुन्। यसअघि अर्जेन्टिनाका सुपर स्टार लियोनल मेसी पनि पीएसजीको बसाइ छोट्¥याउँदै अमेरिकी क्लब इन्टर मियामीमा आबद्ध भएका थिए। फ्रान्सका स्टार फरवार्ड केइलिन एमबाप्पे भने यो सिजन पीएसजीमै बस्ने भएका छन्। उनी आइतबार मात्रै क्लबको नियमित प्रशिक्षणमा फर्किएका थिए। पीएसजीमा उनको भविष्यलाई लिएर विभिन्न अड्कलबाजी भइरहँदा उनी अभ्यासमा फर्किएका थिए।

नेमारले अल हिलाल पुगेर मेडिकल गर्ने जनाइएको छ। अल हिलालले नेमारलाई यसै साता आफ्ना समर्थकसमक्ष प्रस्तुत गर्ने जनाएको छ। अल हिलालमा नेमारले १० नम्बरको जर्सी लगाउने भएका छन्।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000