JIN0TkF.gif
JINuGe4.gif

नेपाल र अमेरिकाबीचको दोस्रो अभ्यास खेल रद्द

चितवन –  आईसीसी टी ट्वान्टी विश्वकप अघिको नेपाल र अमेरिकाबीचको अभ्यास खेल रद्द भएको छ । स्थानिय समयअनुसार बिहान साढे १० बजे अर्थात नेपाली समयअनुसार राति सवा ९ बजे शुरु हुनु पर्ने खेल वर्षाका कारण रोकिएको थियो ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

टेक्ससको डल्लासमा रहेको ग्रान्ड प्रेरी मैदानमा टस जितेर अमेरिकाले पहिलो ब्याटिङ गर्ने निर्णय लिएको थियो । तर खेल वर्षाका कारण रद्द भयो । यसअघि नेपाल पहिलो अभ्यास खेलमा गएको सोमवार क्यानाडासँग ६३ रनले पराजित भएको थियो ।

त्यस्तै अमेरिका र बङग्लादेशबीच अस्ति मङ्गलवार हुने भनिएको खेल भने खराब मौसमका कारण रद्द भएको थियो । अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गरेको नवौँ संस्करणको प्रतियोगिता जुन २ तारिख अर्थात पर्सि आइतवारदेखि शुरु हुँदैछ ।

नेपालले पहिलो खेल जेठ २२ गते मङ्गलवार नेदरल्यान्ड्ससँग खेल्दैछ । टी–२० विश्वकपमा नेपाल समूह ’डी’ मा छ । यो समूहमा नेपालसहित नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलङ्का र बङग्लादेश छन् । यस्तै समूह ’ए’ मा आयरल्यान्ड, क्यानडा, अमेरिका, भारत र पाकिस्तान छन् । समूह ’बी’ मा अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड, ओमान र इङ्गल्यान्ड छन् । समूह ’सी’ मा अफगानिस्तान, युगान्डा, पीएनजी, न्युजिल्यान्ड र वेस्ट इन्डिज छन् ।

What’s your Reaction?
+1
34
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000