भरतपुर चितवन – नेपाल मगर महिला संघ चितवनको आयोजनामा महिला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ।
मगरहरूको महान पर्व माघे संक्रान्तिको अवसरमा नेपाल मगर महिला संघ जिल्ला समिति चितवनको आयोजना र मैत्री सयुव स्टोर्स भरतपुरको सहयोगमा आइतबार दोस्रो मगर महिला व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।
भरतपुरको कबडहलमा सम्पन्न सो व्याडमिन्टन प्रतियोगितामा झेर्नी मगर समाज प्रथम प्रथम हुन सफल भएको हो ।
त्यस्तै लाङ्घालि मगर समाज द्वितीय भएका थिए भने चन्द्र एकता मगर समाज र मनकामना मगर समाजले तृतीय स्थान हात पारेका थिए।
प्रतियोगितामा प्रथम हुनेले रु ७ हजार, दोस्रो हुनेले रु ५ हजार र तेस्रो हुनेले रु ३ हजार नगद संगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन ।
मातृभुमी अनलाइन सहकर्मी – मोना आले मगर
What’s your Reaction?
+1
23
+1
7
+1
+1
+1
5
+1