JIN0TkF.gif
JINuGe4.gif

नेपाल प्रहरीका २६ जना सम्पर्कविहीन, ७ दिनभित्र हाजिर नभए बर्खास्त गरिने

चितवन –  नेपाल प्रहरीका २६ जना कर्मचारी सम्पर्कविहीन (गैरहाजिर) रहेका पाइएको छ ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

लामो समयदेखि गैरहाजिर रहेको भन्दै प्रहरी प्रधान कार्यालयले सार्वजनिक सूचना नै जारी गरेको छ ।

गैरहाजिर हुनेमा प्रहरी हवल्दार, सहायक हवल्दार, प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी छन् । प्रहरी हवल्दार २ जना, सहायक हवल्दार ४ जना, प्रहरी जवान १७ जना र प्रहरी कार्यालय सहयोगी ३ जना गैरहाजिर रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

खोजतलास गराउँदा तथा प्रहरी नियमावली २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत उनीहरु कार्यालयको सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रधान कार्यालयले आइतबार सूचना जारी गर्दै अबको ७ दिनभित्र (बाटोको म्याद बाहेक) आफू गैरहाजरिर रहनुको कारण खोली जवाफसहित उपस्थित हुन भनेको छ । उपस्थित नभएमा सेवाबाट बर्खास्त गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

What’s your Reaction?
+1
1
+1
5
+1
3
+1
7
+1
5
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000