JIN0TkF.gif
JINuGe4.gif

नेपाल टेलिकमको दशै अफर सार्वजनिक

चितवन –  नेपाल टेलिकमले दशैँ, तिहार तथा छठ पर्वको अवसरमा ‘दशैँ अफर २०८१’ सार्वजनिक गरेको छ  ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

याे अफरअन्तर्गत भ्वाइस, डाटा तथा एफटीटीएचका प्याकेजहरू आजदेखि कार्तिक २३ गतेसम्म उपलब्ध हुनेछन् ।

टेलिकमका हरि ढकालका अनुसार साविकका एफटीटीएचका प्याकेजहरूमा साविककै मूल्यमा थप ब्यान्डविथ उपलब्ध गराइएको छ । ५०, ७५, १००, १५० र २०० एमबीपीएस गतिका एफटीटीएच डाटा र कम्बो प्याकेजहरूमा ५० प्रतिशतसम्म क्षमता अभिवृद्धि गरी क्रमशः ७५, १००, १२५, १७५ र २२५ एमबीपीएस ब्यान्डविथ कायम गरिएको छ ।

यो अफर समयावधिभित्र नयाँ सेवा जडान गर्ने, प्याकेज नवीकरण गर्ने सबैका लागि कायम रहनेछ । साथै एफटीटीएच नयाँ जडानमा ५०० रुपैयाँ मिनाहा गरिएको छ ।

दशैँ अफरअन्तर्गत नै जीएसएम सेवाका ग्राहकहरुका लागि ७९९ रुपैयाँमा अल नेट अनलिमिटेड भ्वाइस सुविधा, ४५ जीबी डाटा र ५०० अल नेट एसएमएस सुविधासहितको ७९९ सजिलो अनलिमिटेड प्याकेज सञ्चालन गरिएको छ ।

साथै २५० रुपैयाँमा मा  १००० मिनेट अल नेट भ्वाइस सुविधा सहितको १००० मिनेट अल नेट भ्वाइस कल अफर र ९९ रुपैयाँमा १००० अन नेट एसएमएस सुविधाको १००० अन नेट एसएमएस प्याकेज समेत सञ्चालनमा ल्याइएको छ ।

यी सबै प्याकेजहरूमा  प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनको समयावधि तोकिएको टेलिकमले जनाएको छ ।

टेलिकमका अनुसार आगामी कार्तिक २३ गतेसम्म *१४१५*६# डायल गरेर वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरेर यी प्याकेजहरू खरिद गर्न सकिनेछ ।

What’s your Reaction?
+1
67
+1
29
+1
0
+1
0
+1
13
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000