JIN0TkF.gif
JINuGe4.gif

नेपालमा भारतीय टेलिभिजन च्यानलको प्रसारण बन्द

चितवन –  नेपालमा चर्चित रहेका केही भारतीय टेलिभिजन च्यानलले नेपालमा आफ्नो प्रसारण रोकेका छन् ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

दुई वर्षदेखि च्यानल प्रयोगवापतको भुक्तानी नपाएको भन्दै भारतीय टेलिभिजन नेटवर्कले आफ्ना च्यानलको प्रसारण बिहीवारदेखि रोकेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । भारतका कलर्स, स्टार, जी र सोनी नेटवर्कअन्तर्गतका च्यानलको प्रसारण रोकिएको हो ।

सरकारले विदेशी मुद्राको सिफारिस नदिएका कारण ति च्यानलको भुक्तानी नभएको सेवाप्रदायकले बताएका छन् । सरकारले २०७९ सालको चैत १५ गतेदेखि विदेशी टेलिभिजन च्यानलको विदेशी मुद्रा सिफारिस गरेको छैन । कानुनअनुसार आए विदेशी मुद्रा सिफारिस दिन कुनै समस्या नरहेको मन्त्रालयका सहसचिव तथा प्रवक्ता गजेन्द्रकुमार ठाकुरले बताउनुभयो ।

सरकारले २०८० सालको साउन १ गतेदेखी आलाकार्टा अर्थात् ग्राहकले हेर्न चाहेको च्यानलको मात्र पैसा तिर्ने मूल्य प्रणाली लागू गरेपछि भारतीय च्यानलले विरोध गर्दै आएका छन् । प्रत्येक च्यानलको छुट्टाछुट्टै मूल्य तोक्ने कुरा मान्य नहुने उनीहरुको भनाइ छ ।  मन्त्रालयका अनुसार अहिले सबै विदेशी च्यानल प्रदायकको झन्डै एक अर्ब विदेशी मुद्रा सिफारिस हुनसकेको छैन ।

What’s your Reaction?
+1
49
+1
3
+1
18
+1
3
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000