JIN0TkF.gif
JINuGe4.gif

निरन्तरको वर्षाले देवघाटका धार्मिक, शैक्षिक र भौतिक संरचना जोखिममा

चितवन – बिहीबार रातिदेखि परेको निरन्तर वर्षाका कारण तनहुँको धार्मिक तीर्थस्थल देवघाटधाम जोखिममा परेको छ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

त्रिशूली र कालीगण्डकी नदीमा आएको बाढीका कारण देवघाटका धार्मिक, शैक्षिक र भौतिक संरचना जोखिममा परेका हुन् । वर्षाका कारण देवघाट गाउँपालिका हुँदै बग्ने त्रिशूली र कालीगण्डकीमा आएको बाढीले ठूलो क्षति पुगेको छ ।

कालीगण्डकीमा आएको बाढीले देवघाट गाउँपालिका–५ साँढेबगरस्थित महादेव आधारभूत विद्यालय डुबानमा परेको प्रधानाध्यापक शिवहरि वाग्लेले जानकारी दिए । बाढीले विद्यालय भवन डुबाएका कारण विद्यालयको सबै काजगात नष्ट भएको उनको भनाइ छ ।

यस्तै त्रिशूलीमा आएको बाढीले चितवन र देवघाट जोड्ने दासढुङ्गाको पुल जोखिममा परेको छ । त्रिशूलीमा पानीको सतह अत्यधिक बढेपछि शनिबार बाढी पुल नाघेर बगेको थियो । केही घण्टा उक्त पुलमा आवतजावत समेत बन्द गरिएको थियो ।

बाढीका कारण देवघाट गाउँपालिका–५ र चितवनको १७ किलोस्थित बगन्दी जाने झोलुङ्गे पुल जोखिममा परेको छ ।

त्रिशूली नदीको बाढीले गलेश्वर आश्रम जोखिममा छ । गलेश्वर आश्रमको नदीतर्फको केही भाग बाढीले बगाएको छ ।

त्रिशूली र कालीगण्डकीमा आएको बाढीले देवघाटस्थित वेणी सङ्गमा रहेका मठमन्दिर, कुटी र चितवनतर्फ रहेका धर्मशाला डुबानमा परेको देवघाट गाउँपालिकाका प्रवक्ता पूर्णबहादुर कुँवरले जानकारी दिए ।

What’s your Reaction?
+1
29
+1
0
+1
21
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000