JIN0TkF.gif
JINuGe4.gif

निःसन्तान महिलालाई गर्भवती हुने औषधि भन्दै ठगी गर्ने ‘बाबा’ पक्राउ

काठमाडौ –  गर्भवती हुने औषधि भन्दै निसन्तान महिलालाई ठगी गर्ने ‘बाबा’ पक्राउ परेका छन् ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

सिराहाको धनगढीमाई नगरपालिका– ५ गोठटोलका करिब ६५ वर्षीय दुःखी ठाकुरलाई प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो । उनले महिलालाई झारफुक पनि गर्ने गर्थे ।

लहान प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीका अनुसार सन्तान नभएका महिलालाई प्रलोभनमा पारी ठगी धन्दा चलाउँदै आएका ठाकुरलाई पक्राउ गरी अनुसन्धानका लागि सिराहा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिइएको छ । ‘आफूलाई मसानी बाबा बताउँदै घरनजिकैको शिव मन्दिर प्रांगणमा तन्त्रमन्त्र, झारफुक र घरेलु औषधिबाट सन्तान नहुने महिलालाई ग्यारेन्टीसहित गर्भवती बनाइने भन्दै प्रलोभन दिने रहेछन्,’ उनले भने, ‘तर, गर्भवती बनाएबापत देवीदेवतालाई खुसी पार्न प्रसाद तथा नगद रकम चढाउनुपर्छ भन्दै करिब सयजना महिलासँग ठगी गरेको खुलेपछि अदालतको अनुमतिमा पक्राउ गरिएको हो ।’ सोतीका अनुसार सिराहा, धनुषा, महोत्तरी, सर्लाही तथा भारत बिहारका विभिन्न ठाउँका गरी करिब सयजना महिलालाई ठगी गरेको भन्दै ३१ जनाले १८ लाख ६० हजार रुपैयाँ बिगो राखी ठगीविरुद्ध जाहेरी दिएपछि अदालतको अनुमतिमा पक्राउ गरिएको हो ।

विभिन्न प्रलोभन दिएर आफूहरूसँग रकम असुलेका व्यक्ति पक्राउ गरेको खबर पाएलगत्तै धनुषा, महोत्तरी, सिराहालगायत जिल्लाका करिब डेढ दर्जन महिला रकम फिर्ताको माग गर्दै बुधबार दिउँसो लहान प्रहरी कार्यालय पुगेका थिए । प्रहरी कार्यालयबाहिर भेटिएकी महोत्तरीको ग्रामणभेगीकी ३२ वर्षीया एक शिक्षिकाले भनिन्, ‘ग्यारेन्टीसहित सन्तान हुने आश्वासन दिएपछि दुईपल्टसम्म गोठटोल धाएँ । हरेकपटकको १५ हजार रुपैयाँको दरले ३० हजार रुपैयाँ लिए,’ उनले भनिन्, ‘त्यसबाहेक घाँटीमा झुन्ड्याउने जन्तर, घरेलु औषधि र आवतजावतको अलग्गै जोड्दा ७० हजार रुपैयाँ खर्च भयो ।’

उनीसँगै आएकी करिब ४५ वर्षीया महिलाले पनि वर्षौँसम्म सन्तान नहुँदाको पीडामा झारफुक र घरेलु औषधिले सन्तान हुने सुनेपछि बहकाउमा परेर ठगिएको बताइन् । सन्तानको प्रलोभन दिएर शिक्षिकादेखि ग्रामीण महिलालाई ठगी गर्ने व्यक्तिलाई छोड्न विभिन्न ठाउँबाट दबाबसमेत आइरहेको प्रहरीले जनाएको छ ।

What’s your Reaction?
+1
59
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000