JIN0TkF.gif
JINuGe4.gif

नारायणी नदीमा बन्न लागेको पुलको आज प्रधानमन्त्री प्रचण्ड” ले शिलान्यास गर्दै

भरतपुर चितवन –  चितवन र पूर्वी नवलपरासीलाई जोड्ने नारायणी नदी माथि बन्न लागेको पुलको शिलान्यास गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन आएका छन्।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

पूर्वपश्चिम राजमार्गको नारायणगढस्थित नारायणी नदीमा बन्न लागेको सो पुलको आज प्रधानमन्त्रीले शिलान्यास गर्ने कार्यक्रम रहेको हो । यो पुलले पश्चिम नेपाललाई पूर्वी नेपाल तथा काठमाण्डाँसगै जोडने काम गर्छ ।

शिलान्यासकालागि सम्पूर्ण तयारी पुरा भएको डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलले जानकारी दिए। अत्याधुनिक प्रविधिमा आधारित सो पुल केबल स्टेट ब्रिजमा आधारित रहेको बताइन्छ । सडक विभागको पुल महाशाखाले पुल निर्माणको काम सुरु गरेको हो । पौडेलका अनुसार एक वर्ष पुलको डिजाइन निर्माण र त्यसपछिको तीन वर्ष पुल निर्माणको अवधि तय गरिएको छ । अहिले भएको नारायणी नदीको पुल भन्दा पूर्व तर्फ सो पुल निर्माण हुने छ । चार सय २० मिटर लामो सो पुलको चौडाइ १२ मिटर रहने छ । बिचमा दुई पिलर रहने सो पुलमा पिलरको बिच भाग २१० मिटर फराकिलो छ । जसमा पानी जहाज समेत सहजै ओहोरदोहोर गर्न सक्ने बताइन्छ ।

पुलको दुई ठाउँमा टावर राखिएका छन् । टावरसँग मिल्ने गरी केवलको माध्यमबाट पुल निर्माण गरिने छ । झन्डै १ अर्ब ६८ करोड रुपियाँ लागतमा निर्माण हुन लागेको सो पुल निर्माणका लागि सन् २०२३ जुन २ मा तुँदी कन्स्ट्रक्सन प्रालिसँग सम्झौता गरिएको छ । सम्झौता अनुसार चार वर्षमा पुल निर्माणको काम सम्पन्न हुनुपर्ने बताइन्छ ।

हाल भएको नारायणीको पुल जीर्ण भएसँगै नयाँ पुल निर्माणको काम सुरु हुन लागेको हो । नारायणी माथि रहेको अहिलेको पुल विसं २०३८ मा बनेको हो । यो पुलमा १४ वटा पिलर छन् ।

What’s your Reaction?
+1
79
+1
47
+1
0
+1
5
+1
23
+1
10
81025400
hulash
Register-Now-20241122-105401-0000