JIN0TkF.gif
JINuGe4.gif

नारायणी नदीमा फसेका २ जनालाई पाँच घण्टापछि सकुशल उद्धार

चितवन –  पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका–६ बुटवलबजारमा नारायणी नदीको भङ्गालमा माछा मार्ने क्रममा फसेका दुई जनालाई पाँच घण्टापछि उद्धार गरिएको छ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

सशस्त्र प्रहरी बलको गोताखोरले उनीहरुलाई सकुशल उद्धार गरेको हो । माछा मार्ने क्रममा तीन जना फसेकोमा एक जना पौडिएर बाहिर आएका थिए ।

अरू दुई जना गैंडाकोट नगरपालिका–५ का ५० बर्षका ओमबहादुर गुरुङ र ४२ बर्षका खुमबहादुर गुरुङलाई सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको गोताखोरले गएराति सवा १० बजे सकुशल उद्धार गरेको डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

What’s your Reaction?
+1
89
+1
35
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000