JIN0TkF.gif
JINuGe4.gif

नारायणीमा पानीको सतह बढेपछि नेपाल भारत गण्डक ब्यारेजका सबै ढोका खुल्ला

काठमाण्डौ – पानीको सतह बढेपछि नवलपरासीमा रहेको नारायणी नदीमा नेपाल भारत गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

त्रिवेणी गण्डक क्षेत्रमा पानीको बहाव बढ्दै गएपछि नारायणी नदीको गण्डक नहरका ३६ वटै ढोका खोलिएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठले जानकारी दिनुभयो । अहिले नारायणी नदीको त्रिवेणी गण्डक क्षेत्रमा झण्डै चार लाख  क्युसेक पानीको बहाव रहेको छ ।

यसैबीच कोशीमा पानीको बहाव अत्यधिक बढेपछि कोशी ब्यारेज नियन्त्रण कक्षले रेड अलर्ट जारी गरेको छ । ब्यारेजका ५६ वटै ढोका बिहान ८ बजेदेखि नै खोलिएको छ । आज दिउँसो एक बजेको मापनअनुसार कोशी ब्यारेज भएर प्रतिसेकेन्ड ५ लाख २१ हजार क्युसेक पानीको बहाव भइरहेको छ ।

सन् १९६२ मा कोशी ब्यारेजको संरचना सञ्चालनमा आएपछि ९ लाख ५० हजार क्युसेक पानीको बहाव हुने क्षमता भनिएको थियो । तर पछिल्ला दिनहरुमा कोशी ब्यारेजका पुल नजिक बालुवा थुप्रिएका कारण ब्यारेजबाट हुने बहाव क्षमतामा कमी आएको हो ।

कोशी ब्यारेज पुलमा पैदलयात्रीको आवतजावतमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।

What’s your Reaction?
+1
21
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000